PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित



पहिलोपोस्ट

कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित

काठमाडौं : नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित भएका छन्। दोस्रो चरणको निर्वाचनबाट सन्तोष यादवलाई पराजित गरी उनी सभापतिमा निर्वाचित भएका हुन्।

शुक्रबार राति आएको मतपरिणामअनुसार पजियार ६८९ को मतान्तरले निर्वाचित भएका हुन्।

कुल खसेको दुई हजार ८१४ मतमध्ये पजियारले एक हजार ७३५ र यादवले एक हजार ४६ मत प्राप्त गरेका थिए। ३३ मत बदर भएको निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए।

नेपाली कांग्रेस धनुषाको नयाँ नेतृत्वका लागि गत मंगलवार राति भएको मतगणनामा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा दोस्रो चरणको मतदान भएको थियो। पहिलो चरणको निर्वाचनमा योगेन्द्र पंजियारले १ हजार २४८ मत ल्याएका थिए। सन्तोष यादवले ८८२ मत ल्याएका थिए। त्यस्तै, दिनेश प्रसैलाले ६३० मत मात्र प्राप्त गरेका थिए। दोस्रो चरणको निर्वाचनमा प्रसैलाले पजियारलाई समर्थन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell