PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

अमेरिका सेना रसिया र युक्रेनबिचको युद्धमा सहभागी भए तेस्रो विश्वयुद्ध सरह हुनेछ, त्यसैले हस्तक्षेप गर्दैनौं : जो बाइडेन



पहिलोपोस्ट

अमेरिका सेना रसिया र युक्रेनबिचको युद्धमा सहभागी भए तेस्रो विश्वयुद्ध सरह हुनेछ, त्यसैले हस्तक्षेप गर्दैनौं : जो बाइडेन
Photo : Getty Images

अमेरिकी राष्ट्रपति जो बाइडेनले रसिया र युक्रेनबिचको युद्धमा अमेरिकी सेनाले हस्तक्षेप नगर्ने बताएका हुन्। रसियाले युक्रेनमाथि आक्रमण गरेको दुई हप्ताभन्दा बढी भइसक्दा बाइडेनले रसियाविरुद्ध प्रत्यक्ष रुपमा सैन्य हस्तक्षेप नगर्ने बताएका हुन्।

उनले अमेरिकी सेनाले रसियाविरुद्ध युद्ध लडे त्यो तेस्रो विश्व युद्ध सरह हुने प्रतिक्रिया समेत दिएका छन्।

युक्रेनले नेटोमार्फत रसियासँग लड्न सेना र हतियार माग गरिरहेको छ। तर, नेटो र अमेरिकासहितका पश्चिमा देशहरुले सैन्य सहयोग तत्‍काल नगर्ने बताइरहेका छन्। केही राष्ट्रले भने युक्रेनलाई हतियार उपलब्ध गराइरहेका छन्।

बाइडेनले रसियामाथि केही नयाँ प्रतिबन्धहरु भने घोषणा गरेका छन्। रसियाली मदिरा, समुद्री खाद्य सामाग्री लगायतका वस्तुको आयातमा रोक लगाइएको छ। यसअघि नै रसियाको तेल र ग्यासमाथि अमेरिका लगायतका देशले प्रतिबन्ध लगाइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell