PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

सरकारको एक्लै प्रयासले मात्र नयाँ शहर निर्माण हुन सक्दैन : रामकुमारी झाँक्री



पहिलोपोस्ट

सरकारको एक्लै प्रयासले मात्र नयाँ शहर निर्माण हुन सक्दैन : रामकुमारी झाँक्री

काठमाडौं : शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नयाँ शहर निर्माणका लागि आवश्यक बजेट र नीतिको खाँचो रहेको बताएकी छिन्।

समाजवादी संगठन नेपाल कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ शहर निर्माणका लागि दीर्घकालीन नीति बनाएर अघि बढ्नुपर्ने बताएकी हुन्।

मन्त्री झाँक्रीले सरकारको एक्लै प्रयासले मात्र नयाँ शहर निर्माण हुन नसक्ने बताउँदै नयाँ शहर निर्माणका लागि निजी क्षेत्रलाई पनि समेटेर लैजानुपर्ने बताइन्।

‘पछिल्लो पटक ग्रामीण क्षेत्रबाट शहरमा बसाइँसराइ हुनेक्रम बढ्दै गएकाले त्यसलाई रोक्न ग्रामीण शहरीकरणको विकासलाई प्राथमिकता दिनुपर्छ’, उनले भनिन्, ‘ग्रामीण शहरीकरणले स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने भएकाले दीर्घकालीन नीति बनाएर अघि बढ्ने तयारी सरकारको छ।’

मन्त्री झाँक्रीले सरकारले घोषणा गरेका नयाँ शहर निर्माणका लागि आवश्यक बजेटको अभाव हुँदा कामले गतिलिन नसकेको उल्लेख गर्दै विकास आयोजनामा गरिने राजनीतिको अन्त्य हुनुपर्नेमा जोड दिइन्। उनले प्राथमिकताका आधारमा आयोजना छनोट गर्नुपर्ने र असिमित आवश्यकतालाई सीमित साधन, स्रोतले पूरा गर्ने परिपाटी बसाल्नुपर्ने बताएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell