PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

वीरगंजमा केपी ओली : वैवाहिक कार्यक्रममा सहभागी, सरावगीलाई एमालेमा प्रवेश गराउने



पहिलोपोस्ट

वीरगंजमा केपी ओली : वैवाहिक कार्यक्रममा सहभागी, सरावगीलाई एमालेमा प्रवेश गराउने

वीरगंज : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मधेश प्रदेशको वीरगंज पुगेका छन्। वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीलाई नेकपा एमालेमा प्रवेश गराउन उनी वीरगंज पुगेका हुन्।

जनता समाजवादी पार्टी (जसपा) त्यागेर सरावगी नेकपा एमाले प्रवेश गर्न लागेका हुन्। जसपा छाडेर एमाले प्रवेशको औपचारिक घोषणा आज ओलीको उपस्थितिमा हुँदैछ।

सरावगीले पार्टी प्रवेशबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गत मंगलवार छलफलसमेत गरेको थिए। ओलीसँग काठमाडौंमा भेट गरेर पार्टी प्रवेश र आगामी स्थानीय तहको निर्वाचनमा एमालेबाट वीरगंज महानगरका मेयर लड्ने विषयमा छलफल गरेको स्रोतको दावी छ।

दिउँसो १ बजे हेलिकप्टरबाट वीरगंज पुगेका ओली एक वैवाहिक कार्यक्रममा सहभागी भएका छन्। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका संचालक नसोरुद्धिन अन्सारीका भतिजको विवाह कार्यक्रममा ओली सहभागी हुन पुगेका थिए। उक्त कार्यक्रममा सरावगीसहित अन्य नेता कार्यकर्ताको समेत उपस्थिति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell