PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

माओवादी छाडेर एमालेमा जाने प्रति आक्रोशित प्रचण्ड : एमसीसी जस्ताको त्यस्तै पास हुनुपर्छ भन्ने एमालेमा जाने?



पहिलोपोस्ट

माओवादी छाडेर एमालेमा जाने प्रति आक्रोशित प्रचण्ड : एमसीसी जस्ताको त्यस्तै पास हुनुपर्छ भन्ने एमालेमा जाने?
तस्विर : प्रचण्डको सचिवालय

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धीको फरक मतलाई सामान्य रुपमा लिएको बताएका छन्। नुवाकोटमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले पार्टी भित्र एमसीसीलाई लिएर आएको फरक मतलाई आफूले सम्मान गरेको समेत बताए। 

उनले आफू एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा नरहे पनि राजनीतिक परिस्थितिले व्याख्यात्मक टिप्पणी गरेर पास गर्ने निर्णयमा पुगेको बताए। 

'एमसीसी जस्ताको त्यस्तै पारित गर्न हुन्न भन्ने पार्टी हौं। राजनीतिक घटनाक्रम बन्दै जादै व्याख्यात्मक घोषणा सहित पारित गर्ने निर्णय गर्दा कतिपय साथीलाई आकस्मिक लाग्नु ठिकै हो। सरकारभित्र पनि हामी सडकमा पनि हामी थियौँ,'उनले भने। 

बाहिर एमसीसीका कारण पार्टी विभाजित हुने चर्चा भए पनि अब विभाजनको स्थिति नरहेको प्रचण्डको दाबी छ। अहिले एमसीसीका कारण पार्टी छोड्नेहरु देखिएको भन्दै प्रचण्डले एमसीसी जस्ताको त्यस्तै पास गर्नुपर्छ भनेर लाग्ने पार्टी एमाले भएकाले कार्यकर्ता एमालेमा जानु अनौठो भएको बताए।

'कोही कोही एमाले जाने भनेर गए। एमाले जस्ताको त्यस्तै पास गर्ने भनेर सुरु देखि नै लाग्ने पार्टीमा जाने? विचलित भइसकेकाहरुको कुरा त के गर्नु?,'उनले भने।

प्रचण्डले स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरुकै बिचमा तालमेल हुने बताए। अरु दलसँग पनि तालमेल गर्न सकिने भए पनि गठबन्धनसँगै तालमेल गर्ने आफ्नो जोड भएको प्रचण्डको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell