PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

मृत्युपछि शरीर दान गर्ने वाग्मती प्रदेश प्रमुख शर्मा दम्पतीको घोषणा 



पहिलोपोस्ट

मृत्युपछि शरीर दान गर्ने वाग्मती प्रदेश प्रमुख शर्मा दम्पतीको घोषणा 

हेटौंडा : वाग्मती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा दम्पतीले मृत्युपछि शरीर दान गर्ने घोषणा गरेका छन्। प्रमुख शर्मा र उनकी श्रीमती उर्मिला शर्मा चौलागाईंले मृत्यु पछि शरीर दान गर्ने मञ्जुरीपत्रमा हस्ताक्षर गरेका हुन्।

शर्मा र उनकी श्रीमतीले ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजलाई मृत्युपछि आफ्नो शरीर दान गर्ने निर्णय गरेका हुन्।

चिकित्सा विज्ञान अध्ययन गर्ने विद्यार्थीको पढाईका लागि उपयोगी होस् भनेर आफूहरुले मृत्युपछि शरीर दान गर्ने निर्णय गरेको प्रदेश प्रमुख शर्माले बताए। विगत ८ वर्षदेखि आफ्नो मुटुमा पेसमेकर राखिएकाले सो बारेमा विद्यार्थीहरुलाई अध्ययनका लागि उपयोगी होस् भन्ने अपेक्षाले मृत्युपछि शरीर दान गर्ने निर्णय लिइएको प्रमुख शर्माको भनाई छ।

मृत्युपछिको शरीर दान गर्नका लागि आवश्यक प्रक्रिया केही समयअघि देखि थालेपनि हिजो शुक्रबार सबै कानूनी प्रक्रिया पूरा भएको प्रमुख शर्माले बताए।

मृत्युपछि दान गरिएका शव चिकित्सा विज्ञानमा परीक्षणका लागि उपयोगी हुने भएकाले इच्छुक व्यक्तिले शरीर दान गर्नसक्ने किस्ट मेडिकल कलेज प्रशासन शाखाकी सरिता हाडाले जानकारी दिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell