PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

जनकपुरमा रामको मूर्तिसहित धनुष आकारको शहीदद्वार उद्घाटन



पहिलोपोस्ट

जनकपुरमा रामको मूर्तिसहित धनुष आकारको शहीदद्वार उद्घाटन

जनकपुरधाम : जनकपुर ढल्केबर ६ लेन सडक आयोजनाअन्तर्गत मुजेलियामा जनकपुरधाम उपमहानगरपालिकाले निर्माण गरेको शहिदद्वारको उद्घाटन गरिएको छ। उपमहानगरपालिकाले साढे चार करोडको लागतमा निर्माण गरेको शहिदद्वार जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले उद्घाटन गरेका हुन्। शुक्रवार साँझ उक्त द्वारको धार्मिक अनुष्ठान पनि गरिएको थियो।

धनुष आकारको शहिदद्वारको माथिल्लो भागमा भगवान् रामले धनुषमा ताँदो चढाएको आकर्षक मूर्ति राखिएको छ।

साथै, मधेश आन्दोलनका क्रममा शहादत भएका सहिद नितु यादव, सञ्जय चौधरी र दिलीप यादवको अर्ध कदको शालिक पनि द्वारमा राखिएको छ। ती शहिदको सामूहिक दाहसंस्कार पनि सोही ठाउँमा गरिएको थियो।

यसैगरी उक्त आन्दोलनका क्रममा शहादत भएका अन्य ११६ शहिदको नाम पनि शिलापत्रमा उल्लेख गरिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell