PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

केपी ओलीलाई प्रधानमन्त्री र सुशिल कोइरालालाई राष्ट्रपति बनाउँछु भनेपछि मात्रै संविधान बनेको हो : प्रचण्ड



पहिलोपोस्ट

केपी ओलीलाई प्रधानमन्त्री र सुशिल कोइरालालाई राष्ट्रपति बनाउँछु भनेपछि मात्रै संविधान बनेको हो : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान बनाउँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफूले प्रधानमन्त्री बनाउने प्रस्तावपछि मात्रै संविधान घोषणा भएको दाबी गरेका छन्।

यस्तै, उनले नेपाली कांग्रेसका तत्कालीन सभापति सुशिल कोइरालालाई आफूले ५ वर्षका लागि राष्ट्रपति बनाउने प्रस्ताव गरेपछि मात्रै संविधान बनाउन सम्भव भएको पनि बताएका छन्।

नुवाकोटमा माओवादी केन्द्रका दिवंगत नेता पोष्टबहादुर बोगटीको शालीक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूले कसैसँग नझुकेर संविधान बनाएको समेत बताए।

'कसैका अघि झुकिदैन भनेर संविधान बनाएको हो। अहिलेका नेतालाई सबै जस प्रचण्डलाई दिनुपर्‍यो भनेर डराउलान,' प्रचण्डले भने। उनले उनले रातदिन मधेशकेन्द्रित दलसँग छलफल गरेर देशव्यापि निर्वाचनको वातावरण त्यतिबेला बनाएको बताए। रातदिन मधेश केन्द्रित दलसँग छलफल गरेर देशव्याप निर्वाचनको वातावरण त्यतिबेला बनाएको समेत दाबी गरेका छन्।

सम्बोधनका क्रममा प्रचण्डले देशलाई निकास दिने पार्टी नै माओवादी केन्द्रले भएको बताए। मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा देश नै विभाजित हुने अवस्था आएका बेला माओवादी केन्द्रले नै अघि सरेर निकास निकालेको उनले बताए।

भने,'राष्ट्र नै विभाजित हुने जस्तो अवस्थामा माओवादी केन्द्रले नै १२ बुँदे घोषणमा मार्फत नयाँ बाटो निकालेर देशलाई फेरि एकतावद्ध गरेको हो। यसको मुल्याकंन जनताले आउने दिनमा गर्लान।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell