PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

लिभरपुलको सहज जित



पहिलोपोस्ट

लिभरपुलको सहज जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा लिभरपुलले ब्राइटोनमाथि जित निकालेको छ। फाल्मेर स्टेडियममा सम्पन्न खेलमा लिभरपुलले घरेलु टोली ब्राइटोनमाथि २-० गोलअन्तरले जित निकालेको हो।

खेलको १९ औं मिनेटमा लुइस डियाजको गोलमा लिभरपुलले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको लिभरपुलका लागि दोस्रो गोल मोहम्मद सलाहले दोस्रो गोल गरे। उनले पेनाल्टीमा पाएको अवसरमा ६१ औं मिनेटमा गोल गरेका थिए।

जितसँगै लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँग अंकदूरी घटाएको छ। शीर्षस्थानको सिटीको ६९ अंक जोडेको छ भने ६६ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ। ३३ अंक जोडेको ब्राइटोन भने तालिकाको १३ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell