PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

नागरिकता वितरणमा ओलीको फेरि 'ललिपप': वीरगंज पुगेर भने, 'एमालेको सरकार बने समस्या सम्बोधन'



राधेश्याम पटेल

नागरिकता वितरणमा ओलीको फेरि 'ललिपप': वीरगंज पुगेर भने, 'एमालेको सरकार बने समस्या सम्बोधन'

वीरगंजः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउन पार्टी एमाले भएको बताएका छन्। ओलीले जनताको समस्या सम्बोधन गर्ने पार्टी एमाले भएको जिकिर गरे।

वीरगंज २३ परसौनीविर्तामा आयोजित पार्टी प्रवेश कार्यक्रममा वीरगंजका मेयर विजयकुमार सरावगीलाई पार्टी प्रवेश गराउँदै उनले भने, ‘एमाले देश बनाउने र जनताको वास्तविक समस्यालाई समाधान गर्ने पार्टी हो।'

उनले आफू प्रधानमन्त्री हुँदा नागरिकता समस्या सम्बोधन गर्न अध्यादेश ल्याएको बताए। एमालेको सरकार बनेमा समस्या सम्बोधन गर्ने उनले बताए।

नेकपाको तत्कालीन सरकारले विगत तीन वर्षमा हुलाकी राजमार्ग, पूर्व–पश्चिम राजमार्ग, बारादेखि धनुषा सम्मको १ लाख ८५ विघा क्षेत्रफल जग्गा सिँचाइ हुने सुनकोशी मरिन डाइभर्सन लगायतका काम अघि बढाएको बताए।

उनले जेष्ठ नागरिकलाई समाजिक सुरक्षा भत्ता चार हजार पुर्‍याइएको पनि बताए। एमालेको सरकार बनेमा भत्ता ५ हजार पुर्‍याउने पनि उनले बताए।

एमाले प्रवेश गर्दै मेयर विजयकुमार सरावगीले केपी ओलीबाट आफू पहिलेदेखिनै प्रभावित भएको बताए।

नेता एवं उद्योगपति मोतीलाल दुगडको प्रयासमा सरावगी एमाले प्रवेश गरेका हुन्। उनले ओलीको नेतृत्वमा आगामी चुनावमा एमालेले देश कब्जा गर्ने जिकिर गरे।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell