PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

नुहाउने क्रममा भेरी नदीमा तीन बालबालिका बेपत्ता



पहिलोपोस्ट

नुहाउने क्रममा भेरी नदीमा तीन बालबालिका बेपत्ता
फाइल फोटो

सुर्खेत सुर्खेतस्थित भेरी नदीमा तीन जना बालबालिका बेपत्ता भएका छन्। सुर्खेतको भरीगंगा नगरपालिका ११ रामघाटस्थित भेरी नदीमा नहाउने क्रममा तीन बालबालिका बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

शनिबार चार बजेतिर रामघाटको रानीघाट नदीमा नहाउन गएका भेरीगंगा ११ की अन्दाजी १०÷११ वर्षीया गंगा खड्का र कृष्णा सिँजाली लेकबेशी नगरपालिका ५ का ८ वर्षीय दिनेश बुढा बेपत्ता भएका हुन्।

बेपत्ता तीनै जनाको खोजीका लागि प्रहरी चौकी रामघाट र इलाका प्रहरी कार्यालय लेकबेशीको प्रहरी टोली पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell