
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेमगरले सुदूरपश्चिमलाई खेल पर्यटनका माध्ययमबाट चिनाउनुपर्ने बताएका छन्।
सुदूरपश्चिम खप्तड गोल्डकप समापन समारोहमा पुगेका उनले पछिल्लोपटक सुदूरपश्चिममा सर्वाधिक धनराशी भएका खेलकुद भइरहेकाले यो क्षेत्रलाई सांस्कृतिक, धार्मिक तथा प्राकृतिक पर्यटन मात्र नभएर खेलकुदका माध्ययमबाट चिनाउन आवश्यक रहेकामा जोड दिएका हुन्।
आलेले धनगढी रंगशालामा रात्रिकालीन खेल हुने गरी स्तरोन्नति आवश्यक रहेको पनि बताए। त्यसका लागि आवश्यक बजेट विनियोजन गर्न सम्बन्धित निकायलाई उनले निर्देश दिएका छन्। उनले धनगढी विमानस्थललगायत सुदूरपश्चिममा रहेका विमानस्थलका लागि बजेट विनियोजन गरेको पनि जानकारी दिए।