PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

एमाले र माओवादी आफैमा विभाजित छन्, स्थानीय तह निर्वाचनमा पहिलो पार्टी हुन्छौं : गगन थापा



पहिलोपोस्ट

एमाले र माओवादी आफैमा विभाजित छन्, स्थानीय तह निर्वाचनमा पहिलो पार्टी हुन्छौं : गगन थापा

सुर्खेत : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन्।

आईतवार सुर्खेतस्थित पार्टी कार्यालयमा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा सम्बोधन गर्दै उनले सानदार रुपमा जित हासिल गरी कांग्रेस पहिलो पार्टी बन्ने बताएका हुन्।

महामन्त्री थापाले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई आग्रह पनि गरेका छन्। वडा र टोल समितिबाटै संगठनलाई विस्तार र बलियो बनाउन लाग्नुपर्नेमा उनले जोड दिए।

‘वडा र टोल समितिलाई बलियो बनाउने, जनताको भावनाअनुसार छलफल र काम गर्ने हो। त्यही ढंगबाट स्थानीय तहको निर्वाचनको तयारीमा जुट्नुस्,’ महामन्त्री थापाले भने,‘स्थानीय तहको निर्वाचनमा सानदार तरिकाले जितेर पहिलो पार्टी बन्ने हो, बन्छौं। प्रदेश र संघमा पनि जितेर पाँचवर्षका लागि स्थायी सरकार बनाउँछौं।’

आगामी हुने निर्वाचनमा स्वंयम वडाले घोषणा पत्र तयार गर्न टोल टोलमा छलफल गराएर मात्रै घोषणा पत्र तयार गर्न उनले सुझाव दिए। जनताको दुःख, पिर मर्का र जनताले चाहेको विषयलाई समेटन उनले आग्रह गरे।

कांग्रेससँग प्रतिष्पर्धा गर्ने पार्टी एमाले र माओवादी आफैमा विभाजित बनेको भन्दै कांग्रेसले एकतावद्ध भएर महाधिवेशन गरेको र निर्वाचनमा पनि सोही ढंगबाट जाने उनको भनाई छ।

वर्षौंदेखि अनिर्णय बनेको एमसीसी परियोजनालाई निकास दिएको भन्दै अब प्रक्रियागत ढंगबाट कार्यान्वयनमा जाने समेत उनले बताए।

महामन्त्री थापाले नेकपा एमालेप्रति इंगित गर्दै दोहोरो चरित्र देखाउने प्रवृत्तिको अन्त्य भएको बताएका छन्।

‘नेपालमा केही त्यस्तो प्रवृत्तिको अन्त्य भएको छ, सरकारमा रहँदा एउटा चरित्र र प्रतिपक्षमा रहँदाअर्को चरित्र देखिन्थ्यो। त्यो प्रवृत्ति अन्त्य भएको छ,’उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell