PahiloPost

Dec 23, 2024 | ८ पुष २०८१

माओवादी छाडेर एमाले पसेका कार्यकर्ता देखेर अचम्ममा प्रचण्ड, 'एमाले र कांग्रेसका कार्यकर्ता दिनदिनै खुमालटार धाउँदै माओवादी प्रवेश गरिरहेका छन्'



पहिलोपोस्ट

माओवादी छाडेर एमाले पसेका कार्यकर्ता देखेर अचम्ममा प्रचण्ड, 'एमाले र कांग्रेसका कार्यकर्ता दिनदिनै खुमालटार धाउँदै माओवादी प्रवेश गरिरहेका छन्'
फाइल फोटो : प्रचण्डको सचिवालय

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष्य पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) र नेपाली कांग्रेसबाट माओवादीमा आउनेको क्रम बढेको बताएका छन्। बिराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले माओवादीबाट एमालेमा जानेहरु देखेर आफूलाई अचम्म लागेको बताए। मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को बिरोध गरेर एमालेमै जानु अनौठो भएको प्रचण्डले बताए।

'एमसीसी पास गरेको भनेर भन्नेहरु एमालेमा गए? मलाई अनौठो लागेको छ। बरु जानुनी किरणजी कहाँ विप्लवजी कहाँ,' प्रचण्डले भने। उनले एमाले र कांग्रेसका कार्यकर्ता दिनदिनै आफ्नो निवास खुमलटारमा आएर माओवादीमा प्रवेश गरिरहेको बताए। 'आज बिहान हतारमा विराटनरमा आउनेमा थिए एमालेका कयौं जिल्ला कमिटी सदस्यहरुलाई माओवादीमा प्रवेश गराएको छु। तपाइले हेर्नुभयो भने खुमलटारमा दिनमा एक पटक एमाले र कांग्रेसका कार्यकर्ता प्रवेशको क्रम चलेको चल्यै छ। प्रतिस्पर्धाको राजनीतिमा यो चलिरहन्छ,'  प्रचण्डले भने। 

केन्द्रमा कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्रले चुनावी तालमेलबारे गृहकार्य गरिरहेको बताएका प्रचण्डले जिल्ला र प्रदेशमा पनि संयन्त्र गठनको तयारी भएको जानकारी दिए। भने, 'प्रदेश र जिल्लास्तरमा पनि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय भइसकेको छ। चाँडै बन्छ,' उनले भने।

 प्रचण्डले एमालेसँग सहमतिको कुनै सम्भावना नभएको तर्कसमेत गरे। आफू र नेता नारायणकाजी श्रेष्ठले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्यका लागि प्रयास गरेको भए पनि ओली तयार नभएको उनको भनाइ थियो। 'अहिले तत्काल एमालेसँग सहमति हुने सम्भावना देखिएको छैन। एमालेसँग राष्ट्रिय स्वाधिनताका विषयमा सहकार्य हुन सक्छ भनेर म र प्रकाशजी केपीजी सँग कुरा गर्न नगएको होइन। एमालेको केपी गुटसँग तत्काल कुनै सहमति/ सहकार्य हुन्न। कांग्रेससँग कति ठाउँमा होला कति ठाउँमा नहोला,' प्रचण्डले भने। 'अर्ली इलेक्सन'का बारेमा अहिले धेरै भन्न उचित नभएको प्रचण्डको भनाइ छ।

गठबन्धनमा संसदको निर्वाचन पहिला गर्नु उचित हुन्छ भन्ने सहमति भए पनि स्थानीय तहको निर्वाचनपछि मात्रै उक्त विषयमा बहस हुने प्रचण्डले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell