PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

'परस्त्री' को शुभ मुहूर्तसँगै रिलिज डेट भयो घोषणा



पहिलोपोस्ट

'परस्त्री' को शुभ मुहूर्तसँगै रिलिज डेट भयो घोषणा

काठमाडौं : सुरज पाण्डेको डेब्यू निर्देशन रहेको फिल्म 'परस्त्री' को शुभमुहूर्त गरिएको छ। आइतबार ललितपुरको बंगलामुखी मन्दिरमा फिल्मको शुभमुहूर्तसँगै छायांकन सुरु भएको बताइएको छ।

फिल्म निर्माण टिम गीतको छायांकनका लागि आजै मुस्ताङ हिँडेको छ। मुस्ताङमा १० दिनसम्म फिल्मको गीतको छायांकन हुनेछ। साथै, बांकी ३० दिन काठमाडौंमा छायांकन 'सेड्युल' राखिएको लेखक तथा निर्माता दीपेन्द्र के खनालले जानकारी दिए। 

फिल्मको शुभमुहूर्तसँगै प्रदर्शन मिति समेत घोषणा गरिएको छ। यो फिल्म आगामी वर्षको तिहारमा (कार्तिक ६) गतेबाट नेपालभरका रिलिज हुनेछ। फिल्म नेपाली र हिन्दी गरी दुई भाषामा रिलिज गरिनेछ।

डिएस डिजिटलको ब्यानरमा निर्माण हुने फिल्मकी निर्मात्री शर्मिला पाण्डे हुन्। निरज पाण्डेको छायांकन रहेको फिल्ममा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिशा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell