PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

साफ यू १८ मा सहभागी हुन नेपाली टोली भारत प्रस्थान, कप्तान भन्छिन्: लक्ष्य उपाधि जित्ने



पहिलोपोस्ट

साफ यू १८ मा सहभागी हुन नेपाली टोली भारत प्रस्थान, कप्तान भन्छिन्: लक्ष्य उपाधि जित्ने

काठमाडौं : साफ यू १८ महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आज भारत प्रस्थान गरेको छ। मार्च १५ देखि २५ सम्म हुने प्रतियोगितामा भारतको जम्शेदपुरमा हुँदैछ।

टोलीलाई शुक्रवार अखिल नेपाल फुटबल संघले विदाइ गरेको थियो। नेपाली टोलीकी कप्तान प्रीति राईले राम्रो तयारी भएको भन्दै प्रतियोगितामा जित्ने विश्वास रहेको बताइन्।

'झण्डै एकमहिनाको ट्रेनिङ गर्‍यौं। सुरुदेखि अहिलेसम्म आइपुग्दा टिममा धेरै परिवर्तन छ। टिममा धेरै सुधार भएको भन्ने लाग्छ,' कप्तान राईले भनिन्, 'महिला लिग हुन गइरहेकोले हामी आआफ्नो क्लबबाट अभ्यास गरिरहेका थियौं। ट्रेनिङ बिचमा छुटेको अवस्था थिएन। त्यसैले ट्रेनिङमा आउँदा फिटनेस लगायतको समस्या भएन।'

प्रतियोगितामा नेपाल, भारत र बंगलादेश गरी तीन टोली सहभागी छन्।

नेपालले १५ मार्चमा भारतसँग, १७  मार्चमा बंगलादेशसँग, २१ मार्चमा भारतसँग र २३ मार्चमा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।

'उमेर समूहमा बंगलादेश, भारतले राम्रो गरिरहेको छ। हामी हाम्रो बेस्ट दिन्छौं। हामी राम्रो खेल्ने प्रयास गर्छौं,' कप्तान राईले भनिन्, 'लक्ष्य टाइटल जित्ने हो। यसका लागि हामी सबैजनाले टिमवर्क गरेर एउटा राम्रो खेल देखाउने लक्ष्य हो।'

अन्तिम टोली :

सावित्री किसान (गोलकिपर), लीला जोशी (गोलकिपर), पूजा थापा (गोलकिपर), सबिना चौधरी, मञ्जुकुमारी खड्का, प्रतिक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या यस्माली मगर, दीपा शाही, हीमा रावत, सरस्वती हमाल, प्रीति राई, सुनकला राई, अञ्जली मचामासी, सारा बज्राचार्य, जेनिफर राणा, सरिश्मा थापा, सदिपा भोलन, कुसुम खतिवडा, अमिषा कार्की, मनमाया दमाई, गरिमा राई



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell