PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

पाँच विधानसभामा पराजय पछि कांग्रेसमा हलचल, सोनियाले बोलाइन् कार्यसमिति बैठक



पहिलोपोस्ट

पाँच विधानसभामा पराजय पछि कांग्रेसमा हलचल, सोनियाले बोलाइन् कार्यसमिति बैठक
Photo : oneindia

भारतीय राष्ट्रिय कांग्रेसले पाँचवटा विधानसभा निर्वाचनमा भएको हारको समीक्षा गर्दैछ। उत्तर प्रदेश, उत्तराखण्ड, मणिपुर, गोवा र पंजाबमा नराम्रो पराजय पछि कांग्रेसको शीर्ष नेतृत्वको आलोचना भइरहेको छ। कांग्रेस नेताहरुले पार्टीमा नेतृत्व परिवर्तनको माग गरिरहेका छन्।

अहिले कांग्रेसको कार्यवाहक अध्यक्ष सोनिया गान्धी हुन्। यसअघि राहुल गान्धीलाई अध्यक्ष बनाइएको थियो। लोकसभा निर्वाचनमा पराजयपछि उनले अध्यक्ष पदबाट राजीनामा दिएका थिए। त्यसपछि कांग्रेसको नेतृत्वमा फेरि सोनिया आएकी थिइन्। त्यसैले कांग्रेसलाई गान्‍धी परिवारबाट बाहिर जान नसकेको आरोप लाग्दै आएको छ।

यसपटक कांग्रेसले प्रियंका गान्धीको अनुहारमा उत्तर प्रदेशमा राम्रो नतिजा ल्याउने अनुमान गरेको थियो। तर,  उत्तर प्रदेशमा कांग्रेसले नराम्रो हार ब्यहोर्यो। महिलाहरुलाई अघि सारे पनि धेरैको जमानत जफत नै भयो। उत्तर प्रदेशमा कांग्रेसले ४०३ सिटमा दुई सिटमा मात्र जित निकाल्न सक्यो।

अहिले कांग्रेसका नेताहरु नेतृत्व परिवर्तनको कुरा गरे पनि ठूलै समूह गान्धी परिवार बिना कांग्रेस एकजुट हुन नसक्ने बताइरहेका छन्।

सोनिया गान्धीले आज कांग्रेस कार्यसमितिको बैठक बोलाएकी छिन्। केही मिडियामा भने सोनिया, प्रियंका र राहुलले राजीनामा दिने ‘हल्ला’ समेत चलेको छ। तर, कांग्रेस नेता रणदीप सुरजेवालाले भने ती कुराहरुको खण्डन गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell