PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

संसदमा प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता भएको महाअभियोग माथि छलफल हुने



पहिलोपोस्ट

संसदमा प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता भएको महाअभियोग माथि छलफल हुने

काठमाडौं : प्रतिनिधि सभाको आइतवारको बैठकमा प्रधानन्यायाधीश चोलेन्दर शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव माथि छलफल हुने भएको छ। संसद सचिवालयले जारी गरेको कार्यसूचीमा महाअभियोगमाथि छलफल हुने उल्लेख छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९५ जना सांसदको हस्ताक्षरसहित महाअभियोग दर्ता भएको थियो।

प्रस्ताव बारे छानबिन गर्न यसअघि ११ जना महाअभियोग छलफल समिति गठन भएको थियो। समितिमा एकबाल मियाँ, कल्याणी कुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्‍डित, विष्णु पौडेल र शिवमाया तुम्बाहाम्फे रहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell