भारतले चीनसँग सीमा जोडिएको क्षेत्र पर्यटकका लागि खुल्ला गर्ने भएको छ। सन् २०२२/२०२३ को केन्द्रिय बजेट अन्तर्गत भाइब्रेन्ट भिलेज प्रोग्राममार्फत यो योजना सुरु हुने बताइएको छ।
केहीदिन अघि भारतीय गृह मन्त्रालयले हिमाचल प्रदेश, उत्तराखण्ड, सिक्किम, अरुणाचल र केन्द्र शासित लद्दाखका प्रतिनिधिसँग वार्ता गरेको थियो।
पर्यटकको आगमनले सीमा क्षेत्रमा रहेका गाउँहरुमा रोजगारी र विकास पुग्ने अपेक्षा गरिएको छ। योजनाको बजेट नरेन्द्र मोदी नेतृत्वको सरकारले स्वीकृत गर्नेछ।
भारत र चीनबिच गलवान क्षेत्रमा भएको झडपपछि सीमावर्ती गाउँहरुमा पर्यटकहरुलाई निषेध गरिएको थियो।