PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

भारतीय सँगै छिमेकी मुलुकमा नागरिकको युक्रेनबाट भएको उद्दारबारे मोदीलाई ब्रिफिङ



पहिलोपोस्ट

भारतीय सँगै छिमेकी मुलुकमा नागरिकको युक्रेनबाट भएको उद्दारबारे मोदीलाई ब्रिफिङ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको पछिल्लो अवस्था, त्यहाँबाट उद्धार गरिएका भारतीय र भारतका छिमेकी मुलुकका नागरिकका विषयमा जानकारी लिएका छन्।

मोदीको अध्यक्षतामा बसेको हाइ लेभल मिटिङले युक्रेनको सन्दर्भमा भारतले लिएको सुरक्षा तयारीको विषयमा छलफल भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

मोदीलाई युक्रेनको अवस्था, त्यसले विश्वव्यापी रुपमा पारेको प्रभाव, रसियाली र युक्रेनी सेनाको अवस्था लगायतबारे जानकारी गराइएको थियो।

गृह मन्त्री राजनाथ सिंह, वित्त मन्त्री निर्मला सीतारमण, विदेशमन्त्री एस जशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, मन्त्रिपरिषद सिव राजीव गौवा, विदेश सचिव हर्ष श्रङ्गला र रक्षा सचिव डा अजय कुमारले ब्रिफिङ गरेका थिए।

हालसम्म भारतले ८० वटा विशेष उडान मार्फत् युक्रेनबाट २० हजार भन्दा धेरैको उद्दार गरेको छ। 'अपरेसन गंगा' नाम दिइएको उक्त मिसनले नेपाली सहित वंगलादेशका नागरिकको पनि उद्दार गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell