PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

प्रदेश १ : प्रदेशसभाको शून्य समयमा कसले के भने ?



पहिलोपोस्ट

प्रदेश १ : प्रदेशसभाको शून्य समयमा कसले के भने ?

काठमाडौं : प्रदेश नं १ को प्रदेश सभाको आजको बैठकमा ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई व्यवस्था गर्न बनेको विधेयक, २०७८ माथि संशोधनसहित दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मत पारित भएको छ। बैठकमा सामाजिक विकासमन्त्री राजन राईले सो प्रस्ताव प्रस्तुत गरेका थिए।

यस्तै, प्रदेशसभाको आजको बैठकको शून्य समयमा सदस्य अम्बिका थापाले रातो किताबमा उल्लेखित योजना र बजेटलाई सरकारले निरन्तरता दिनुपर्ने माग गरिन्। सदस्य जसमाया गजमेरले हिंसामा परेका महिला तथा बालबालिकाको उपचारमा खटिने जनशक्तिको अवस्थाका बारेमा सरकार सचेत हुनुपर्ने बताइन्।

सदस्य राजकुमार ओझाले पूर्व–पश्चिम रेलमार्गमा परेका जग्गाका पीडित परिवारलाई सरकारले छिट्टै राहत उपलब्ध गराउनुपर्नेमा जोड दिए। सदस्य लीला सुब्बा र लोकप्रसाद सङ्ग्रौलाले प्रदेशको नामकरण हुन नसक्दा हिनताबोध भइरहेको टिप्पणी गरे। सदस्य सरिता थापाले संखुवासभाको मादीमा भएको सडक दुर्र्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई सरकारले राहत उलब्ध गराउनुपर्नेमा जोड दिए।

प्रदेशसभाको अर्को बैठक आगामी चैत १० गते दिउँसो १ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell