PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

गृहमन्त्री र प्रकाण्डबीच सहमति कार्यान्वयनबारे छलफल



पहिलोपोस्ट

गृहमन्त्री र प्रकाण्डबीच सहमति कार्यान्वयनबारे छलफल

काठमाडौँः गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ।

गृह मन्त्रालयमा भएको भेटवार्तामा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा महासचिव विप्लवसहित भएको बार्तामा उठेका विषयबस्तुको कार्यान्वयन पक्षबारे छलफल भएको थियो ।

छलफल सकारात्मक रहेको दुवै पक्षले जनाएका छन्।

भेटमा गृहमन्त्री खाणले विप्लव नेतृत्वको नेकपासँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकारले पहल गरिरहेको बताएका थिए। नेकपा र सरकारबीच २०७७ फागुन २० गते तीन बुँदे सहमति भएका थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell