PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

प्रथम वागमती प्रदेश खेलकुद: फुटबलमा ललितपुरको कठिन जित



पहिलोपोस्ट

प्रथम वागमती प्रदेश खेलकुद: फुटबलमा ललितपुरको कठिन जित
तस्बिर: राखेप

हेटौडा: प्रथम प्रदेश खेलकुद प्रतियोगिताको अन्तर्गत पुरुष फुटबलमा ललितपुरले कठिन जित निकालेको छ। हेटौंडास्थित क्याम्पा डाँडा रंगशाला आइतबार भएको खेलमा ललितपुरले चितवनमाथी १–० को कठिन जित निकाल्न सफल भयो।

प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो। दुवै पक्ष गोल गर्ने सुन्दर अवसरहरुबाट चुकेका थिए।

दोश्रो हाफमा कप्तान बसन्त तामाङले निर्णाययक गोल गरे। उनले ६८ मिनेटमा गरेको गोलनै ललितपुरका लागि निर्णायक बन्यो। कप्तान तामाङले ४० मिटर टाढाबाट सुन्दर गोल गरेका थिए। नकआउट पद्धतीबाट शुरु भएको प्रतियोगिताको सोमबारका खेलहरु रामेछाप र सिन्धुपाल्चोक र मकवानपुर र नुवाकोटबीच हुने फुटबल खेल संयोजक कल्पना शर्माले बताइन्।

त्यस्तै आइतबारै हेटौंडामा भएको ब्याडमिन्टन प्रतियोगितामा महिला र पुरुष तर्फ आठ/आठ टिम क्वाटरफाइनलमा प्रवेश गरेको छ। महिला तर्फ सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, नुवाकोट, धादिङ, चितवन, भक्तपुर र ललितपुर क्वाटरफाइलनमा प्रवेश गरेको प्रतियोगिता संयोजक दिपक थापाले बताए।

भक्तपुरका ब्याडमिन्टन खेलाडी डबलमा जित हात पारे पछि। तस्बिर: राखेप


पुरुषतर्फ रसुवा, चितवन, सिन्धुली, काभ्रे, ललितपुर, रामेछाप, धादिङ र नुवाकोट क्वाटरफाइनलमा प्रवेश गरेको उनले जानकारी दिए। सोमबार बिहानबाट क्वाटरफाइनलका खेल हुने आयोजकले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell