PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

प्रकाश सपुतको गीतमा माओवादीका चार भातृ संगठनको आपत्तिः ‘जनयुद्धको अपमान भयो, अपराध स्वीकार गरी माफी माग्न चेतावनी’



पहिलोपोस्ट

प्रकाश सपुतको गीतमा माओवादीका चार भातृ संगठनको आपत्तिः ‘जनयुद्धको अपमान भयो, अपराध स्वीकार गरी माफी माग्न चेतावनी’

काठमाडौँः नेकपा (माओवादी केन्द्र) निकटका भातृ संगठनहरुले हालै सार्वजनिक भएको गायक प्रकाश सपुतको गीत पीरले जनयुद्धलाई विद्रुपीकरण गर्न खोजेको आरोप लगाएका छन्। गीतले जनयुद्धमा जनमुक्ति सेनाले गरेको योगदानको अपमान गरेको समेत विज्ञप्तिमा जनाइएको छ। भातृ संगठनहरुले उक्त गीत युट्युबबाट हटाउन समेत माग गरेका छन्। 

प्रेस सेन्टर नेपाल, जनसांस्कृतिक महासंघ, अखिल नेपाल महिला संघ, जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघले संयुक्त वक्तव्य निकालेर गीतलाई राजनीतिक पूर्वाग्रह भनेका छन्। भिडिओमा देखाइएका विषयहरु भ्रामक भएको समेत जिकिर गरिएको छ। 

विज्ञप्तिमा गीत हटाइ जनतासामु माफी माग्न चेतावनी दिइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell