PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

लोसपा पर्साका नेता पटेल एमाले प्रवेश



पहिलोपोस्ट

लोसपा पर्साका नेता पटेल एमाले प्रवेश

वीरगंजः मधेशको राजनीतिमा सक्रिय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पर्साका नेता शिव पटेल नेकपा (एमाले) मा प्रवेश गरेका छन्। आइतबार बहुदरामाई नगरपालिका १ पिपरामा आयोजित नगर स्तरीय कर्याकर्ता भेला तथा प्रतिबद्धता कार्यक्रममा सहभागी हुँदै पटेलले एमालेमा आबद्ध भएको घोषणा गरेका हुन्।

अहिले मधेशी दल अन्य दलसँग बिक्री भएको आरोप समेत उनले लगाएका छन्। मधेशी पार्टी अन्य दलका भातृ संगठन भएर काम गरिरहेको आरोप समेत उनले लगाए।

जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवका कारण मधेशी जनताले अहिलेसम्‍म हक अधिकार नपाएको आरोप पनि पटेलले लगाए।

गत स्थानीय चुनावमा जसपाबाट बहुदरामाई नगरपालिकामा मेयरमा चुनाव लडेका पटेल नेपाली कांग्रेसका नितेन्द्रप्रसाद साह तेलीसँग पराजित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell