PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

चेल्सीको संघर्षपूर्ण जित



पहिलोपोस्ट

चेल्सीको संघर्षपूर्ण जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सीले न्यु क्यासललाई हराएको छ। स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले न्यु क्यासलमाथि १-० गोलको संघर्षपूर्ण जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफको अन्त्य तिर गोल गर्दै चेल्सीले नाटकीय जित निकालेको हो। चेल्सीको जितमा काइ हाभर्ट्जले निर्णायक गोल गरे। उनले खेलको ८९ औं मिनेटमा जोर्गिन्होको पासमा गोल गरेका थिए।

जितसँगै २८ खेलबाट ५९ अंक जोडेको चेल्सी तेस्रो स्थानमा कायम छ भने २८ खेलबाट ३१ अंक जोडेको न्यु क्यासल १४ औं स्थानमा छ।

त्यस्तै आजै सम्पन्न अन्य खेलहरुमा वुल्भसले एभर्टनलाई १-० गोलअन्तरले हराउँदा लिड्सले नर्विच सिटीलाई २-१ गोलअन्तरले हरायो। त्यस्तै वार्टफोर्डले साउथह्याम्टनलाई २-१ गोलअन्तरले हराउँदा वेस्टहमले पनि एस्टोन भिल्लाई २-१ गोलअन्तरले नै हरायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell