PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापतिमा जंगबहादुर लामा निर्वाचित



पहिलोपोस्ट

नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापतिमा जंगबहादुर लामा निर्वाचित

चौताराः नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला सभापतिमा जंगबहादुर लामा निर्वाचित भएका छन्।

आइतबार भएको मतदानमा इन्द्रावती गाउँपालिकाका अध्यक्षसमेत रहेका वंशलाल तामाङलाई पराजित गर्दै जंगबहादुर जिल्ला सभापतिमा निर्वाचित भएका हुन्। लामा पूर्वमन्त्री मोहन बस्नेत निकट हुन्।

शनिवार भएको पहिलो चरणको निर्वाचनमा संस्थापन पक्षकै दुई जनाको उम्मेद्वारी परेकोमा डा प्रेमध्वज लामा बाहिरिएका थिए। तीनमध्ये कुनै उम्मेद्वारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि पहिलो बनेका जंगबहादुर लामा र दोस्रो बनेका वंशलालबीच आइतबार प्रतिस्पर्धा भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell