PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बार्सिलोनाको फराकिलो जित



पहिलोपोस्ट

बार्सिलोनाको फराकिलो जित
Photo: Reuters

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले ओशासुनामाथि फराकिलो जित निकालेको छ। घरेलु मैदानमा क्याम्प नाउमा सम्पन्न खेलमा बार्सिलोनाले ओशासुनामाथि ४-० को फराकिलो जित निकालेको हो।

खेलको १४ औं मिनेटमै पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै फेरान टोरेसले बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यस्तै २१ औं मिनेटमा उनले नै ओस्माने डेम्बेलेको पासमा अर्को गोल थप्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए। डेम्बेलेकै पासमा २७ औं मिनेटमा पिअरे एम्रिक औबुमेयाङले गोल थप्दा पहिलो हाफमा बार्सिलोना ३-० गोलले अघि रह्यो।

दोस्रो हाफमा रिक्वी पुइगले चौथो गोल गरे। उनले खेलको ७५ औं मिनेटमा ओसासिनाका गोलकिपर सर्जियो हेरेराले बल बचाउन खोज्दा डिबाउन्ड भएर आएको बलमा गोलको दिशा दिँदा बार्सिलोनाले खेल ४-० ले आफ्नो पक्षमा पार्‍यो।

जितसँगै बार्सिलोना २७ खेलबाट ५१ अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। शीर्षस्थानको रियल मड्रिडले २७ खेलबाटै ६३ अंक जोडेको छ भने दोस्रो स्थानको सेभियाले २८ खेलबाट ५६ अंक जोडेको छ।

गएराति नै सम्पन्न अन्य खेलहरुमा रियल भालोकानो र सेभियाले १-१ को बराबरी खेल्दा रियले बेटिसले एथ्लेटिको बिल्बाओलाई १-० ले हरायो। त्यस्तै रियल सोसिडाडले अलाभेसलाई १-० गोलअन्तरले नै हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell