PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

कांग्रेसले छान्यो ७७ जिल्लामै सभापति : कुन जिल्लामा कसको नेतृत्व? (सूचीसहित)



पहिलोपोस्ट

कांग्रेसले छान्यो ७७ जिल्लामै सभापति : कुन जिल्लामा कसको नेतृत्व? (सूचीसहित)

काठमाडौं : गत असोजबाट शुरु भएको कांग्रेस जिल्ला अधिवेशन बल्ल सकिएको छ। ७७ जिल्लाको नेतृत्व छान्दै कांग्रेस १४ औं महाधिवेशनले बिट मारेको हो। भदौ १८ बाट वडा अधिवेशन शुरु गरेको कांग्रेसले मंसिर २९ मा शेरबहादुर देउवालाई केन्द्रीय सभापतिमा निर्वाचित गरेको थियो।

दसैंअगाडि हिमाली जिल्लामा, मंसिर ६ गते एकमात्र निर्वाचन क्षेत्र भएका जिल्लामा र मंसिर १० मा एकभन्दा बढी संघीय निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन भएको थियो।

केन्द्रको अधिवेशन सकिए पनि विवादका कारण १६ जिल्लाको अधिवेशन पटकपटक सर्दै आएको थियो। जसमध्ये आइतवार सिन्धुपाल्चोक, सर्लाही, बारा जिल्लाको नेतृत्व चयन गर्दै कांग्रेस जिल्ला अधिवेशन सम्पन्न भएको हो।

कुन जिल्लामा को सभापति?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell