PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

ओबामालाई कोरोना संक्रमण, सबैलाई खोप लगाउन गरे आग्रह



पहिलोपोस्ट

ओबामालाई कोरोना संक्रमण, सबैलाई खोप लगाउन गरे आग्रह

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामालाई कोरोना भाइरस संक्रमण देखिएको छ। ट्वीट गर्दै उनले आफूमा संक्रमण देखिएको जानकारी दिएका हुन्।

उनले केही दिनदेखि आफ्नो घाँटी सुख्खा भइरहेको र परीक्षण पछि रिपोर्ट पोजेटिभ आएको उल्लेख गरेका छन्। पूर्व प्रथम महिला मिसेल ओबामाको रिपोर्ट भने नेगेटिभ आएको छ।

उनले सबैलाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह पनि गरेका छन्। कोरोना संक्रमण दर घटे पनि सबैले खोप लगाउन पर्नेमा उनले जोड दिएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell