PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

सगरमाथामा गतवर्ष आयोजित चिया पार्टीलाई गिनिजले दियो मान्यता



पहिलोपोस्ट

सगरमाथामा गतवर्ष आयोजित चिया पार्टीलाई गिनिजले दियो मान्यता
Photo: CNN

साहसी पदयात्रीहरूको समूहले गत वर्ष सगरमाथाको क्याम्प २ मा आयोजना गरेको चिया पार्टीलाई गिनिज बुकले मान्यता दिएको छ। समुद्री सतहबाट २१ हजार ३१२ फिट उचाइमा आयोजना गरिएको सो चिया पार्टीलाई गिनिजले अहिलेसम्मको सबैभन्दा उच्च स्थानमा गरिएको चिया पार्टीको आधिकारिक मान्यता दिएको हो

यसै महिना गिनिजले यसलाई आधिकारिक रूपमा मान्यता दिएको हो। यो ‘हाई टी’ले एन्ड्रयू ह्युजेस र उनको आरोहण टोलीका लागि पूर्ण रुपमा नयाँ अर्थ दिएको छ।

ह्युजेसले उनलाई पहिलो पटक महामारीको सुरुमा चिया पार्टीको लागि विचार आएको बताएका छन्। तर, कोभिड-१९ यात्रा प्रतिबन्ध र नाकाबन्दीको कारण यो अभियान सम्भव भएको थिएन।

‘जीवनमा सबैभन्दा ठूला चीजहरू प्राय: सामूहिक रुपमा गरिएका कुराहरु हुन्छन्’, ह्युजेसले भने। ५ मे २०२१ मा आयोजित सो उपलब्धिले अरूलाई पनि आफ्ना उच्च सपनाहरू पूरा गर्न प्रेरित गर्नेछ भन्ने उनले आशा व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell