
काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई जवाफ फर्काएका छन्। नुवाकोटमा पुगेर देउवाले रावल मन्त्री भएकै बेलामा एमसीसी पास भएकाले अहिले रावल बोल्नुको तुक नभएको बताएका थिए।
'आफैँ मन्त्री भएका बेला मन्त्रिपरिषद्बाट पास गरेका भीम रावलले त्यसबेला किन आलोचना गर्नुभएन ? त्यतिबेला राजीनामा नदिएर के हेरेर बसेको ?” देउवाले आक्रोशित हुँदै भने्, 'आफू पार्टीको नेता र मन्त्री हुँदा आफैले मन्त्रिपरिषद्बाट पारित गर्ने अनि अहिले किन विरोध गर्दैछन् ? विरोध गर्ने भए त्यसैबला मन्त्रीबाट राजीनामा दिएर बाहिर आउनुपर्दैनथ्यो ?'
देउवाले रावल मन्त्री हुँदा एसमसीसीको प्रक्रिया अघि बढेको पटक पटक सुनाएका थिए।
देउवालाई जवाफ दिँदै रावलले देउवाको आरोप 'झुटा र उदण्डपूर्ण' भएको बताएका छन्।
'प्रधानमन्त्री देउवाले भीम रावल रक्षामन्त्री भएको बेला एमसीसी सम्झौता मन्त्रिपरिषदबाट पारित भई संसदमा ल्याएको, अहिले विरोध गरेर दुई जिब्रे कुरा गर्ने, त्यसबेला राजीनामा किन नगरेको, त्यसबेला 'दिमाग खुस्केको थियो' भनी नुवाकोटमा भन्नुभएछ। म केपी ओली पहिलो पटक प्रधानमन्त्री भएको बेला उप प्रधानमंन्त्री र रक्षामन्त्री थिएँ। ओलीले एमसीसी सँगको सम्झौता संसदमा ल्याएको बेला होइन,' रावलको दाबी गर्दै ट्वीटरमा लेखेका छन्।
सार्वजनिक तथ्यको जानकारी नराखी झुटा बोल्ने प्रधानमन्त्रीको 'होस हराएको' रावलले आरोप लगाएका छन्।
'आफ्नै 'दिमाग खुस्केर' होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहित विरुद्धको कृत्य छोप्ने चाल हुनुपर्छ,'रावलको टिप्पणी छ।
देउवा महाकाली र कर्णालीमा देशघात गर्न नहच्किएको रावलको आरोप छ। उनले देउवाजस्तो चरित्र नभएको नेता आफू नभएको भन्दै प्रश्न गरे, 'म जस्तो देशभक्त नागरिकको राष्ट्रको हित र अस्मिताप्रति चिन्तित भएर टाउको दुखेको हो?'
रावलले एसीसीबारे आफ्नो संलग्नता बारे बहस गर्न तयार भएको उल्लेख गरेका छन्।
देउवामाथि रावलको आरोपसहितको स्पष्टीकरण :