PahiloPost

May 25, 2025 | १२ जेठ २०८२

बैंकिङ कसुरमा दोषी ठहर भई फरार माताङीलाई अदालतमा पेस



रासस

बैंकिङ कसुरमा दोषी ठहर भई फरार माताङीलाई अदालतमा पेस
फाइल फोटो।

काठमाडौं : बैंकिङ कसुरमा दोषी ठहर भई लामो समयदेखि फरार एक जनालाई प्रहरीले पक्राउ गरी आज अदालतमा पेस गरेको छ। ललितपुर महानगरपालिका-६ घर भई हाल भक्तपुरको कमलविनायक बस्दै आएकी राधा माताङीलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई अदालतले पाँच दिन कैद र १९ लाख रुपैयाँ जरिबाना तोकेको थियो। सानिमा बैंकको नारी बचत खातामा पर्याप्त रकम नरहेको जान्दाजान्दै भुक्तानीका लागि माताङीले पीडितलाई चेक काटेर दिएकामा सो नसाटिएपछि बैंकिङ कसुर गरेको ठहर भएको थियो।

विसं २०७७ मा यसरी चेक दिएको भनी परेको मुद्दामा उच्च अदालत पाटनले गत पुस २० गते फैसला गर्दै बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम १९ लाख जरिबाना र पाँच दिन कैदको फैसला गरेको थियो। फैसलापछि माताङी फरार थिइन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउ गर्न परिचालित टोलीले उनलाई आज भक्तपुरबाट पक्राउ गरेको हो। माताङीलाई आजै फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेस गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell