PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले स्थानीय चुनाब बहिस्कार गर्ने, देउवा सरकारले अमेरिकाको दलाली गरेको आरोप



पहिलोपोस्ट

वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले स्थानीय चुनाब बहिस्कार गर्ने, देउवा सरकारले अमेरिकाको दलाली गरेको आरोप

काठमाडौँः मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आसन्न स्थानीय निर्वाचन बहिस्कार गर्ने भएको छ। फागुन २५ गतेदेखि २९ गतेसम्म सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै स्थानीय निर्वाचनलाई उपयोग नभई बहिस्कारको नीति लिएको क्रान्तिकारी माओवादीले जनाएको छ। 

महासचिव किरणले वक्तव्य जारी गर्दै स्थानीय निर्वाचन र अन्य राजनीतिक दलविरुद्ध भण्डाफोर अभियानको पनि घोषणा गरेको जनाएका छन्। बहिस्कार आन्दोलनलाई दुई महिने अभियानका रुपका सञ्चालन गर्ने पनि पार्टीको निर्णय छ। 

बैठकले रुस र युक्रेनबीच जारी युद्धमा वर्तमान सरकारले असंग्लन परराष्ट्र नीति विपरीत काम गरेको ठहर पनि बैठकले गरेको छ। शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले अमेरिकाको दलाली गरेको आरोप पार्टीले लगाएको छ। 

व्याख्यात्मक घोषणामार्फत हालै प्रतिनिधि सभाबाट एमसीसीसँगको सम्झौता पारित भएकोमा पनि पार्टीले विरोध जनाएको छ। व्याख्यात्मक घोषणा जनतालाई भ्रममात्र भएको जिकिर पार्टीको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell