PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

नेपाल आइपुगे साउदी राजकुमार, यस्तो छ भेटघाटको तालिका



पहिलोपोस्ट

नेपाल आइपुगे साउदी राजकुमार, यस्तो छ भेटघाटको तालिका

काठमाडौँः साउदी अरेबियाका परराष्ट्र मन्त्री एवम् राजकुमार फैसल विन रहरान अल साउद नेपाल आइपुगेका छन्। दुई दिने भ्रमणका लागि उनी सोमबार श्रीलंका हुँदै नेपाल आएका हुन्।

अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र सचिव भरतराज पौड्यालले स्वागत गरेका छन्।

दुई दिने नेपाल बसाइका क्रममा राजकुमार साउदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गर्ने तालिका रहेको छ।

मंगलबार दुई देशका मन्त्रालयका अधिकारीसहित द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम रहेको छ। सो क्रममा 'जनरल कोअपरेशन अग्रिमेन्ट'मा हस्ताक्षर हुने बताइएको छ।

अग्रिमेन्टको मस्यौदालाई मन्त्रिपरिषदले स्वीकृत गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell