PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

बारामा सिटौला निकट राजेश राय यादव प्यानलसहित निर्वाचित



पहिलोपोस्ट

बारामा सिटौला निकट राजेश राय यादव प्यानलसहित निर्वाचित

वीरगंजः नेपाली कांग्रेसको बारा जिल्ला सभापतिमा राजेश राय यादव निर्वाचित भएका छन्। आइतबार भएको दोस्रो चरणको निर्वाचनमा यादवले एक हजार २०६ मत ल्याई विजयी भएका हुन्।

यादवले शम्भुबहादुर बुढाथोकीलाई पराजित गरेका हुन्। बुढाथोकीले एक हजार १५४ मत ल्याएका थिए। ५२ मतको अन्तरले यादवले बुढाथोकीलाई पराजित गरेका हुन्।

विजयी यादव कलैया उपमहानगरका मेयर समेत हुन्।

विजयी र पराजित दुबै संस्थापन पक्षका जिल्ला नेता हुन्। शनिबार भएको अधिवेशनबाट तेस्रो स्थानको मत ल्याई रामानन्द राय बाहिरिएका थिए। नेता कृष्णप्रसाद सिटौला निकट रायले शनिबारको मत परिणाममा पहिलो स्थानको मत ल्याउने यादवलाई सघाउने निर्णय गरेका थिए। आइतबारको चुनावमा यादवको प्यालन विजयी भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell