PahiloPost

Sep 17, 2024 | १ असोज २०८१

वागमती प्रदेश खेलकुद: क्रिकेटमा काठमाडौं फाइनलमा, फुटबलमा रामेछाप र मकवानपुर क्वाटरफाइनलमा



पहिलोपोस्ट

वागमती प्रदेश खेलकुद: क्रिकेटमा काठमाडौं फाइनलमा, फुटबलमा रामेछाप र मकवानपुर क्वाटरफाइनलमा
प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत भलिबलको उद्घाटन गर्ने क्रममा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकाल। तस्बिर: राखेप

काठमाडौं: प्रथम वागमती प्रदेश खेलकुदअन्तर्गत महिला टी– २० क्रिकेटमा काठमाडौं सोमबार फाइनलमा प्रवेश गरेको छ। तीन टिम सहभागी क्रिकेटको राउन्ड रोविन लिगमा दोहोरो जित निकाल्दै काठमाडौं फाइनलमा पुगेको हो।

पहिलो खेलमा काठमाडौंले भक्तपुरलाई १० विकेटले पराजित गर्‍यो। पहिले ब्याटिङ गरेको भक्तपुरले १७ ओभरमा पूरै विकेट गुमाउदै ४२ रन बनायो। जवाफमा काठमाडौंले बिना विकेट क्षति मात्र ३ ओभरमा लक्ष्य भेटायो।

अर्को खेलमा काठमाडौंले चितवनलाई १ सय २१ को फराकिलो अन्तरले हरायो। काठमाडौंले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै १ सय ८३ रनको योगफल खडा गरेको थियो। काठमाडौंकी कञ्चन श्रेष्ठले ७० रन जोडिन्। चितवन ६१ रनमा अलआउट भयो। काठमाडौंले उपाधिका लागि भक्तपुर र चितवनबीचको विजेतासंग बुधबार खेल्ने छ।

प्रदेश खेलकुदअन्तर्गत पुरुष फुटबलमा रामेछाप र मकवानपुर क्वाटरफाइनलमा प्रवेश गरेका छन्। रामेछापले सिन्धुपाल्चोकलाई टाइब्रेकरमा ४–२ गोलले हरायो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो।

त्यस्तै मकवानपुरले नुवाकोटलाई ३–० गोलले हरायो। मकवानपुरका सुदीप सापकोटाले २ तथा समिराज ठोकरले १ गोल गरे।

खेलकुदअन्तर्गत नै ब्याडमिन्टनको पुरुष टिममा ललितपुरले धादिङलाई ३–० तथा चितवनले सिन्धुलीलाई ३–० ले पराजित गरी फाइनलमा प्रवेश गरे। सोही स्पर्धाको महिलामा सिन्धुपाल्चोकले नुवाकोटलाई ३–२ तथा धादिङले ललितपुरलाई ३–१ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे।

खेलकुदअन्तर्गत पुरुष भलिबलमा रसुवाले रामेछापलाई १६–२५, २५–२० र २७–२५, चितवनले सिन्धुलीलाई २२–२५, २५–१९ र २५–१४, नुवाकोटले काभ्रेलाई २५–२२ र २५–१९ तथा सिन्धुपाल्चोकलले भक्तपुरलाई २५–१० र २५–१६ को सेटमा पराजित गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell