PahiloPost

Jul 3, 2024 | २० असार २०८१

वाग्मती प्रदेश पुरुष फुटबलः मकवानपुर र रामेछाप विजयी



पहिलोपोस्ट

वाग्मती प्रदेश पुरुष फुटबलः मकवानपुर र रामेछाप विजयी

हेटौँडाः वाग्मती प्रदेश स्तरीय प्रथम खेलकुद प्रतियोगिताको पुरुष फुटबल प्रतियोगिता अन्तर्गत मकवानपुर र रामेछाप विजयी भएका छन्।

सोमबार हेटौँडाको क्याम्पा रंगशालामा भएको पहिलो खेलमा रामेछाप विजयी भयो रामेछापले सिन्धुपालचोकलाई पराजित गरेको हो। निर्धारित समयमा गोल नभएपछि ट्राइबेकरमा ४-२ गोल अन्तरले रामेछाप विजयी भएको हो।

त्यस्तै, दोस्रो खेल नुवाकोट र मकवानपुरबीच भएको थियो। मकवानपुरले नुवाकोटलाई ३-० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो।

जितसँगै रामेछाप र मकवानपुर क्वाटरफाइनलमा प्रवेश गरेका छन्। 

मंगलबार दुई खेल हुनेछन्। पहिलो खेल सिन्धुली र काठमाडौँबीच हुनेछ भने दोस्रो खेल भक्तपुर र रसुवाबीच हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell