PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

सर्लाही कांग्रेस सभापतिमा संस्थापन पक्षका सिंह विजयी



पहिलोपोस्ट

सर्लाही कांग्रेस सभापतिमा संस्थापन पक्षका सिंह विजयी

वीरगंजः नेपाली कांग्रेस सर्लाही सभापतिमा संस्थापन पक्षका सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन्। मतपरिणाम अनुसार एक उपसभापतिबाहेक सबै पदाधिकारीमा संस्थापन पक्ष विजयी भएको छ।

सभापतिमा विजयी सिंहले १ हजार ७५८ मत पाए भने संस्थापन इतरका प्रत्यासी लक्ष्मण रायले १ हजार ३७८ मत मात्र पाए। रायभन्दा सिंह ३८० बढी मत ल्याएर विजयी भएका हुन्।

निर्वाचन समितिका अनुसार ३ हजार २७५ मतमध्ये ३ हजार १७४ मत खसेको थियो।

उपसभापतिमा भने संस्थापन इतरका नवीन अधिकारी १ हजार ४९३ मतसहित विजयी भए।

सचिवमा संस्थापनका निरज कार्की र मनोज यादव विजयी भए। सहसचिवमा संस्थापनकै इन्द्रबहादुर योञ्जन र सुनिलकुमार कुशवाहा विजयी भएका छन्।

सदस्यको मतगणना भने होलीपछि गर्ने तयारी छ। तर औपचारिक निर्णय भने भइसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell