PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

जसपा सांसद यादवको कारबाही पार्टीले गर्‍यो फुकुवा



पहिलोपोस्ट

जसपा सांसद यादवको कारबाही पार्टीले गर्‍यो फुकुवा

वीरगंजः जनता समाजवादी पार्टीले प्रतिनिधि सभा सदस्य प्रदीप यादवलाई गरेको कारबाही फुकुवा गरेको छ। जसपाले यादवलाई अनुशासनको कारबाही गरेको थियो।

पार्टी केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार फागुन १३ गते नै लागू हुनेगरी केन्द्रीय कार्यकारिणी समितिको बैठकले कारबाही फिर्ता गरेको हो। 

पर्सा १ बाट निर्वाचित सांसद यादवले अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाउने लगायतका काम गरेपछि उनलाई केन्द्रीय कार्यकारिणी समिति सदस्यबाट हटाएर साधारण सदस्यमा सीमित गरिएको थियो।

यादवलाई गत मंसिर ५ गतेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले कारबाही गर्ने निर्णय गरेको थियो। कारबाही फुकुवा गरेर उनलाई फेरि केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell