PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

भेरी नदीमा बेपत्ता चार बालबालिका अझै भेटिएनन्, फर्कियो गोताखोर



पहिलोपोस्ट

भेरी नदीमा बेपत्ता चार बालबालिका अझै भेटिएनन्, फर्कियो गोताखोर
फाइल फोटो

सुर्खेतः भेरी नदीमा बेपत्ता भएका चार जना बालबालिका अझै भेटिएका छैनन्। उनीहरु चारै जनालाई सशस्त्र प्रहरीको तालिम प्राप्त गोताखोर टोलीले खोजी गरेको थियो। यद्यपि, बेलुकासम्म पनि फेला नपरेपछि टोली फर्किएको छ ।  

भेरी नदीमा सोमबार बिहान करिव १० बजेदेखि सशस्त्रको गोताखोर टोलीले खोजी कार्य सुरु गरे पनि बेलुकासम्म फेला नपरेपछि फर्किएको हो। 
३२ नम्बर रक्तकाली गण बांगेसिमल सुर्खेतका डिएसपी करण धामी र सशस्त्र प्रहरी शम्शेरगञ्जबाट प्रहरी सहायक निरीक्षकसहितको चार जनाको टोलीले नदीमा खोजी गरेको थियो। 

बेलुकासम्म नदीमा खोज्दा नभेटिएपछि टोली फर्किएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए।

भेरीगंगा नगरपालिका ११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा शनिबार बेपत्ता भएका गंगा खड्का र कृष्णा सिजाली तथा लेकबेशी नगरपालिका ५ का दिनेश बुढा बेपत्ता छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell