
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले मालोर्कालाई हराएको छ। इबेरोस्टार स्टेडियममा सम्पन्न खेलमा लिग लिडर रियल मड्रिडले घरेलु टोली मालोर्कामाथि ३-० गोलअन्तरको फराकिलो जित निकालेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा मड्रिडलाई भिनिसियस जुनियरले अग्रता दिलाएका थिए। उनले खेलको ५५ औं मिनेटमा करिम बेन्जेमाको पासमा गोल गर्दा अग्रता दिलाए। त्यस्तै दोस्रो गोल बेन्जेमाले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै ७७ औं मिनेटमा गरे। त्यस्तै ८२ औं मिनेटमा मार्सेलोको पासमा बेन्जेमाले नै गोल गर्दा मड्रिडले ३-० को जित निकाल्न सफल भयो।
जितसँगै मड्रिडले शीर्षस्थानमा १० अंकको अग्रता बनाएको छ। मड्रिडले २८ खेलबाट ६६ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको सेभियाले समान खेलबाट ५६ अंक जोडेको छ। २६ अंक जोडेको मालोर्का भने १६ औं स्थानमा छ।