PahiloPost

Apr 3, 2026 | २० चैत्र २०८२

प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन चैत ९ देखि



पहिलोपोस्ट

प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन चैत ९ देखि
प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन बारे जानकारी गराउदै आयोजक। तस्बिर : राखेप

काठमाडौं: भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता चैत ९ गतेदेखि हुने भएको छ। सातै प्रदेशका जिल्ला र तीन विभागीय टोलीबाट गरी करिब २ सय खेलाडीको प्रतियोगितामा सहभागिता रहने आयोजक संघका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले बताए।

प्रतियोगिताका खेलहरु भक्तपुरको लिवालिस्थित कभर्डहलमा सञ्चालन हुने छन् जसमा ६ स्पर्धा समावेश छन्। यु–१५ पुरुष/महिला सिंगल्समा शीर्ष स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन्। पुरुष/महिला सिंगल्सका विजेताले ३५ हजार, उपविजेताले २० हजार र तेश्रोले १२ हजार ५ सयका दरले नगद पुरस्कार हात पार्ने छन्। भेट्रान ४५ वर्षमाथि डबल्स र पुरुष डबल्समा पहिलो हुनेलाई ३० हजार, दोश्रोलाई १५ हजार र तेश्रोलाई ७ हजार ५ सय नगदबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार चारदिने प्रतियोगिता सञ्चालन गर्न करिब १६ लाख ८६ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान छ। आयोजक संघका प्रथम उपाध्यक्ष नवीन प्रजापतिलाई प्रतियोगिता संयोजकको जिम्मेवारी दिइएको छ। त्यस्तै प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उसमितिहरु पनि गठन गरिएको छ। जसअन्तर्गत अतिथि सत्कारमा सुरेन्द्र प्रजापति, पुरस्कारमा सविन ढुंगेल, प्राविधिकमा चन्दन कोजू, खेलस्थलमा गणेशराम मुस्याख्व र स्वयंसेवकमा राधेश्याम मचामसी संयोजक तोकिएका छन्।
नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले प्रतियोगितामा संघको प्राविधिक सहयोग रहने जानकारी दिदै खेल सामाग्री उपलब्ध गराउने विषयमा पनि कुराकानी भइरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell