PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

रसिया युक्रेन युद्धले संकटमा चेल्सी, न्यु क्यासल युनाइटेडमाथि पनि किन उठ्दैछ प्रश्न?



पहिलोपोस्ट

रसिया युक्रेन युद्धले संकटमा चेल्सी, न्यु क्यासल युनाइटेडमाथि पनि किन उठ्दैछ प्रश्न?
अघिल्लो वर्ष पोर्चुगलमा च्याम्पियन्स लिगको फाइनल हेर्दै चेल्सीका मालिक रोमन अब्रामोभिच। तस्बीर : एपी

रसिया युक्रेन युद्धले फुटबल क्षेत्रमा ठूलै प्रभाव छाडेको छ। यूईएफएका प्रतियोगितादेखि विश्वकपको छनोटसम्म खास गरी रसियन र युक्रेनी राष्ट्रिय टोली/ क्लबको प्रतिवन्ध/असमर्थताका कारण प्रभावित बनेका छन्। इङ्ग्ल्याण्डको लिग इङ्ग्लिस प्रिमियर लिगलाई पनि यो युद्धको धक्का लागेको छ, शीर्ष स्थानका लागि संघर्ष गरिरहेको र साविकको च्याम्पियन्स लिगको विजेता चेल्सीलाई। चेल्सीका मालिक हुन् रसियन अर्बपति रोमन अब्रामोभिच। रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनका निकट मानिने उनीमाथि बेलायतले प्रतिवन्ध लगाउँदा चेल्सीको भविष्य अन्योलमा छ।

पछिल्ला दुई साता चेल्सीको लागि सकसपूर्ण भएको छ। क्लबका मालिक र १९ वर्षयताका 'फाइनाइन्सर' रसियन अर्बपति रोमन अब्रामोविचमाथि गत बिहीवार बेलायत सरकारले युक्रेनमा रूसको आक्रमणको प्रतिक्रियाको रूपमा प्रतिवन्ध लगाएको थियो। उनको फुटबल क्लब सहित बेलायतको सबै सम्पत्ति रोक्का गरिएको थियो। बेलायतको संसदमा उनीमाथि प्रतिवन्धको कुरा उठ्दै उनले क्लब बेच्ने प्रयास गरेका थिए। तर, असफल भए र प्रतिवन्धमा परे। उनीमाथिको प्रतिवन्धले क्लबले थप टिकेट बिक्री गर्न नपाउने हुन्छ जसका कारण खेलाडीको तलबदेखि कर्मचारी समेत प्रभावित हुन्छन्। भलै सिजनल टिकट लगायतका सीमित दर्शक भने स्टेडियममा हुनेछन्। उनी माथिको प्रतिवन्धलाई चेल्सीबाट उनले थप फाइदा कमाउन नसकुन् भन्ने लक्ष्यका साथ लिइएको बताइएको छ।

यसैबिच आइतवार चेल्सीले न्युक्यासल युनाइटेडविरुद्ध खेल्दै १-० गोलअन्तरले जित निकाल्यो। चेल्सीले घरेलु मैदानमा खेलेको उक्त खेलपछि सबैकुरा अन्योलमा थियो। घरेलु मैदानमा केही कुरा फेरिनेवाला थियो। केही उस्तै थियो, जो परिवर्तन भएका थिएन। त्यो हो - रोमन अम्पायरको ब्यानर। क्लबको इतिहासको सबैभन्दा सफल अवधिमा पाँच प्रिमियर लिग र दुई च्याम्पियन्स लिग उपाधि सहित २१ ट्रफी ल्याउन मद्दत गर्ने व्यक्तिको सम्झना गर्दै अझै म्याथ्यू हार्डिङ स्ट्यान्डमा चेल्सीको लोगो झुण्डिएको थियो।

खेलको ६५ औं मिनेटमा 'रोमन अब्रामोभिच' 'चान्ट' सुरु भयो। छोटो, थोरैले गाएको र अस्पष्ट थियो ध्वनी। सञ्चार कम्पनी थ्रीले चेल्सीसँग आफ्नो प्रायोजन सम्झौता निलम्बन गरे पनि किट र पिचसाइड होर्डिङहरूमा उनीहरूको लोगो थियो। तर, यदि नियालेर हेर्ने हो भने, तपाईँले केही संकेतहरू देख्‍न सक्नुहुनेछ कि ती समान हैसियतमा थिएनन्। पसल प्रतिबन्धको भागको रूपमा बन्द गरिएको थियो।

यसमा प्रशिक्षक थोमस टुचेलले पनि ठट्टा गर्न भ्याए। उनले चेल्सीमाथि २०,००० पाउन्डको क्यापपछि मिडविकमा च्याम्पियन्स लिगको अन्तिम-१६ दोस्रो लेगको टाईका लागि टोलीलाई उत्तरी फ्रान्सको लिलीको टाढाको गन्तव्यमा पुग्न मद्दत गर्न 'सात सिटे गाडी चलाउन" इच्छुक भएको बताए। हुन पनि रोमनमाथिको प्रतिवन्धले चेल्सीको हरेक पक्ष प्रभावित बनेको छ - तलब, ट्रान्सफर, करार, प्रायोजक, स्टेडियममा फ्यानको संख्या, नन प्लेयिङ स्टाफ र खेलाडीकै यात्रा पनि।

अझ आइतवारको खेलमा आलोचनाको निशानामा न्युक्यासल पनि त्यतिकै पर्‍यो। न्युक्यासलको ८० प्रतिशत वित्तीय व्यवस्था साउदीस्थित पब्लिक इन्भेस्टमेन्ट फण्डले सञ्चालन गर्छ जसको अध्यक्ष छन् साउदीका युवराज मोहम्मद बिन सलमान।

साउदीमा पछिल्लो समय मानव अधिकार हनन् सम्बन्धिका घटनाहरुको चर्चा धेरै छ। यस विषयमा एमनेस्टी इन्टरनेशनले प्रिमियर लिगलाई पत्र समेत पठाएको थियो। यद्यपि, न्यु क्यासलका साउदीका लगानीकर्ताहरुले भने राज्यको न्यु क्यासलसँग कुनै नियन्त्रण नरहने स्पस्ट पारेका छन्। उनीहरुले यदि त्यस्तो प्रमाणित भए सजाय ब्योहोर्न तयार रहेको जनाएका थिए।

सरकारले झै पनि चेल्सीलाई बेच्‍नका लागि 'खुला' रहेको बताएको छ तर बिक्री सक्षम नेतृत्व आवश्यक पर्ने जनाएको छ।

प्रवक्ताले भने, 'हामी क्लबको बिक्रीको लागि खुला छौं। हामी सही परिस्थितिमा अनुमति दिनका लागि इजाजतपत्रको लागि आवेदनमा विचार गर्नेछौं।'

अब्रामोभिचले पहिलो पटक क्लबलाई मार्च २ मा बिक्रीको लागि राखेका थिए। उनीमाथिको प्रतिवन्धको वावजुद धेरै इच्छुक पक्षहरू अझै रहने बुझिएको छ। यसमा बेलायती अर्बपति निक क्यान्डी, लस एन्जलस डजर्सका 'पार्ट ओनर'टोड बोहली र स्विस अरबपति हान्सजोर्ग वाइस, साथै लिभरपूलका पूर्व अध्यक्ष मार्टिन ब्राउटनको चासो रहेको बताइएको छ।

प्रधानमन्त्रीका आधिकारिक प्रवक्ताले भने, 'हामी पक्कै पनि जहाँ सम्भव छ (प्रयोग) हेर्न चाहन्छौं, हामी सबै विकल्पहरूको लागि खुला छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell