PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

रसियाली टिभीमा समाचारको बिचमा सम्पादकले गरिन् युद्धको विरोध, प्रहरीले लियो नियन्त्रणमा



पहिलोपोस्ट

रसियाली टिभीमा समाचारको बिचमा सम्पादकले गरिन् युद्धको विरोध, प्रहरीले लियो नियन्त्रणमा
Photo : BBC

युक्रेन र रसियाबिचको युद्ध सुरु भएको ३ हप्ता पुग्न लागेको छ। युद्धका कारण युक्रेनबाट मात्र नभइ रसियाबाट पनि मानिसहरु पलायन भइरहेका छन्। हजारौं रसियालीहरु राष्ट्रपति भ्लादमीर पुटिनको विरोध गरिरहेका छन्।

युद्धको समयमा रसियाली संचार माध्यम क्रेमलिनको नियन्त्रणमा रहेको बताइन्छ। युक्रेनबारे रसियाली संचारमाध्यममा त्यहाँका सरकारले निश्चित गरेका खबरमात्र प्रकाशित गरिन्छ।

यसबिच सोमवार बेलुकी राज्य नियन्त्रित ‘च्यानल १’ मा अनौठो दृश्य देखियो। टिभीमा एक महिला समाचार पढ्दै गर्दा पछाडि अर्की महिला एउटा ब्‍यानर बोकेर आइन। त्यो ब्यानरमा लेखिएको थियो : युद्ध बन्द गर। उनीहरु झुटो बोलिरहेका छन्। प्रोपागान्डाको विश्वास नगर। लाइभ ब्रोडकास्ट भइरहेकोबेला उनले युद्धको विरोध गरिरहेको सुन्न सकिन्छ।  

यसरी ब्यानर प्रदर्शन गर्ने महिला त्यही च्यानलकी सम्पादक मरिना ओभसनकोभा रहेको बताइएको छ। उनी हाल प्रहरी नियन्त्रणमा रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell