PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

सांगीतिक क्षेत्रमा फर्किँदै नितेश जंग कुँवर



पहिलोपोस्ट

सांगीतिक क्षेत्रमा फर्किँदै नितेश जंग कुँवर
Neetesh jung kunwar facebook

काठमाडौं : गायक नितेश जंग कुँवर फेरि सांगीतिक क्षेत्रमा फर्किने भएका छन्। एकवर्षअघि संगीत क्षेत्रबाट टाढिएको घोषणा गरेका उनी फेरि नेपाली सांगीतिक क्षेत्रमा फर्किन लागेका हुन्।

नितेशले फेसबुकमा एक स्टाट्स लेख्दै आफू छिट्टै सांगीतिक क्षेत्रमा फर्किन लागेको जानकारी दिएका छन्।

'छिट्टै मेरो नयाँ गीत आउँदैछ। जुन कुरा बताउनका लागि यो उपयुक्त समय जस्तो लाग्छ। तपाईहरू पक्कै पनि ममा आएको परिवर्तनहरू र कडा परिश्रम देख्नुहुनेछ। तपाईहरूलाई मनोरञ्जन गर्ने मौका पाउँदा मलाई मन पर्छ।'

केही सिक्नकै लागि यो क्षेत्रबाट आफू केही समय टाढिएको समेत उल्लेख गरेका छन्।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell