PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

एनओसी भेरिफिकेसन अब अनलाइनबाट मात्र



पहिलोपोस्ट

एनओसी भेरिफिकेसन अब अनलाइनबाट मात्र

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) को आवेदन अनलाइनबाट लिने भएको छ। 

मन्त्रालयको वैदेशिक अनुमतिपत्र शाखामा एनओसी लिनेको चाप बढ्दै गएकाले भौतिक उपस्थतिमा आवेदन फारम प्रमाणीकरण गर्ने काम गर्न बन्द गरेको हो। अब अनलाइन मार्फत् प्रमाणिकरण गर्ने शाखाले सूचना जारी गर्दै जनाएको छ। 

आवेदन फारम भर्ने विद्यार्थीहरुलाई इमेल वा एसएमएस मार्फत् सन्देश प्राप्त भएपछिमात्र सक्कल कागजात र प्रमाणित प्रतिलिपि सहित एनओसी लिन आउन शाखाले आग्रह गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell