PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

महेश बस्नेतले सुनाए ओलीको गुनगान : केपी आएपछि समृद्धि आयो, देउवाको ८ महिना खेर गयो



पहिलोपोस्ट

महेश बस्नेतले सुनाए ओलीको गुनगान : केपी आएपछि समृद्धि आयो, देउवाको ८ महिना खेर गयो

काठमाडौं : नेकपा एमालेका नेता महेश बस्नेतले तराई/मधेशको विकासका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि सरकारको नेतृत्व गर्नुपर्ने बताएका छन्। भक्तपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बस्नेतले ओलीले पूर्वपश्चिम राजमार्ग ६ लेनको बनाएको दाबी गर्दै भने, 'मधेश प्रदेशबाट हिजोका अतिवादी परास्त हुँदैछन्। मधेशको विकासका लागि केपी ओली आउनु पर्‍यो। पूर्व पश्चिमलाई ६ लेनको बनाउने काम कसले गर्यो केपी ओलीले गर्नुभयो।'

कोशी कर्णालीमा पानी जहाज ल्याएर मधेशमा समृद्धि दिन्छु भन्ने ओली मात्रै भएको उने बताए। 'मधेशमा हुने ठुलठुला परियोजनाका लागि केपी ओलीको सरकार आउन पर्‍यो,' बस्नेतले भने। 

ओलीविरुद्ध फिजाइएका सबै भ्रमहरु चिरिएको भन्दै बस्नेतले मधेशका मागहरु पुरा गर्न ओलीले पटकपटक नागरिकता विधेयक ल्याउन कोसिस गरेको दाबी गरे।

उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विधेयक ल्याउन नदिएको आरोप लगाएका छन्। 'नागरिकता समस्या समाधान गर्ने नेता केपी ओली हो। वीरगंजमा ४/५ हजार मानिस हामी चाँडै पार्टी प्रवेश गराउँदै छौं,'उनले भने। 

युवाहरु ओलीसँग खुसी भएको भन्दै दाबी गर्दै बस्नेतले थप भने,'मजदुरी गरेका प्राइभेट क्षेत्रका साथीहरुले पनि पेनसन पाउने काम केपी ओली सरकारले गर्‍यो।' 

प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएर ३९६ वटा अस्पताल शिलन्यास गरेपछि ओलीको आलोचना भएको बस्नेतले बताए। 'केपी ओली आएपछि समृद्धि आयो। २० लाख भूमि हिनलाई जग्गा दिन भन्नुभयो। यो ८ महिना नेपालीका लागि खेर गएको छ,' देउवा सरकारलाई लक्षित गर्दै बस्नेतको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell