PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

नेपाल र साउदी अरबबिच समझदारीपत्रमा हस्ताक्षर



पहिलोपोस्ट

नेपाल र साउदी अरबबिच समझदारीपत्रमा हस्ताक्षर
फोटो : MOFA

काठमाडौं : नेपाल र साउदी अरबबिच साझेदारी सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

दुई दिने भ्रमणका लागि नेपाल आएका  साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदको नेतृत्वको टोली र परराष्ट्रमन्त्री नारायण खड्का नेतृत्वको टोलीबिच आज सिंहदरवारमा भएको वार्तापछि समझदारीपत्रमा हस्ताक्षर भएको हो।

यसैबिच, मंगलवार नै साउदी राजकुमार अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा भएको भेटमा नेपाल र साउदी अरबबिचको सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित एवं चासोका विषयमा विचारविमर्श भएको राष्ट्रपति कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell