PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

चोलेन्द्रविरुद्धको महाभियोग प्रस्ताव छलफल नहुँदै सरकारले गर्‍यो संसद अधिवेशन अन्त्यको सिफारिस



पहिलोपोस्ट

चोलेन्द्रविरुद्धको महाभियोग प्रस्ताव छलफल नहुँदै सरकारले गर्‍यो संसद अधिवेशन अन्त्यको सिफारिस

काठमाडौं : मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले संसदको जारी अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। आज रातिदेखि नै लागू हुने गरी सरकारले राष्ट्रपति समक्ष संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो।

प्रतिनिधिसभाको बैठक भोलि चैत २ गतेका लागि बोलाइएको थियो। भोलिदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाभियोग प्रस्तावबारे सदनमा छलफल हुने बताइएको थियो। तर उक्त छलफल नगरी सरकारले अधिवेशन अन्त्यको सिफारिस गरेको हो। प्रधानन्यायाधीशविरुद्ध सत्तापक्षले नै महाभियोग दर्ता गराएको हो।

यस्तै, यो अधिवेशनमा प्रतिनिधिसभामा अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन पारित भएको थियो।

अधिवेशन अवधिभर नेकपा एमालेले सदन अवरोध गरेको थियो। यसअघिको अधिवेशनमा जस्तै यो अधिवेशनमा पनि आफूले कारवाही गरेका सांसदहरुको हटाउनुपर्ने र सभामुख अग्नि सापकोटाको राजीनामा माग्दै एमालेले अवरोध गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell